४ बैशाख २०८१, मंगलवार
पारिवारिक बाताबरणमा संचालनमा आयो ‘दि फरेस्ट रेस्टुरेन्ट’
  • काँचुली खबर

नेपालगन्जमा पछिल्लो समयमा उत्कृष्ट सेवासहित विभिन्न होटेल र रेस्टुरेन्टहरु खुलिरहेका छन । यसै क्रममा शान्त बाताबरणमा उत्कृष्ट पारिवारिक सेवा दिनका लागि केहीदिन पहिलेदेखि ‘दि फरेस्ट रेस्टुरेन्ट’ नामक अर्को एउटा रेस्टुरेन्ट संचालनमा आएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १३ उदयपुरमा डा. बिक्रान्त भट्टले पारिवारिक दि फरेस्ट क्याफे एन्ड बार रेस्टुरेन्ट केही दिन अघिदेखि सन्चालनमा ल्याएका हुन् ।

पारिवारिक वातावरणमा रुमलिने तरिकाबाट सन्चालनमा आएको उक्त रेस्टुरेन्टमा लोकल कुखुराको मासु, बट्टाई लगायत कालिज सहितका अन्य परिकार समेत पाइने सन्चालक डा. भट्टले जानकारी दिएका छन् ।

रमणीय वातावरणमा सन्चालित उक्त रेस्टुरेन्टमा कुनै पनि परिकारको स्वाद लिएपछि अगैया, गाभर, ढकेरी लगायतका स्थानमा जानु नै नपर्ने र त्यहाँ आउने सबै सेवाग्राही सन्तुष्ट भएर जाने गरेको सन्चालक डा. भट्टले बताए ।

कुल ३५ कठ्ठामा फैलिएको दि फरेस्ट क्याफे एन्ड बार रेस्टुरेन्टमा कन्टिनेन्टल, चाइनिज, ईन्डियन लगायत नेपाली लोकल खाना समेतका प्रकारहरु पाइने सन्चालक भट्टले बताए । अझैपनि निर्माण कार्य जारी रहेको हुँदा प्रोग्राम स्टेज लगायत क्याबिन हल समेत निर्माण भइरहेको भट्टले जानकारी दिए ।

  • २५ माघ २०७८, मंगलवार २०:३५ प्रकाशित
  • Nabintech