१५ चैत्र २०८०, बिहीबार
सिमा नाकामा हुने अवैध गतिविधि विरुद्ध एसपी बस्नेतको उत्रन निर्देशन
  • काँचुली खबर

सशस्त्र प्रहरी बल बाँकेको कमान्ड सम्हालेको केहिदिनमै सशस्त्र प्रहरी उपरीक्षक (एसपी) जनक बस्नेतले सिमा नाकामा हुने अवैध गतिविधि विरुद्ध सशक्त रुपमा उत्रन निर्देशन दिएका छन् ।

माघ ३ गते सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको कमान्ड सम्हालेको भोलिपल्ट देखिनै एसपी बस्नेतले सिमा तिर कडा निगरानी बढाउदै बाँकेभरका सबै बिओपीहरुमा निरीक्षण गर्दै सिमा नाकामा हुने अवैध गतिविधि विरुद्ध सशक्त रुपमा उत्रन निर्देशन दिएका हुन । साथै एसपी बस्नेतले बिओपी इन्चार्जहरुलाई तस्करी विरुद्ध खरो उत्रिन समेत निर्देशन दिएका छ्न ।

सदा झैं तस्करी नियन्त्रण तथा सिमा नाकामा हुने अवैध गतिविधिविरुद्ध उत्रेका बाँकेका बिओपी कटकुइया, नरैनापुर, गङगापुर, खडैचा, कालाबन्जार, जमुनाह, जयसपुर र बढैया बिओपीहरु सशस्त्र प्रहरी बाँकेका कमान्डर बस्नेतको निर्देशन अनुसार धमाधम तस्करीविरुद्ध उत्रदै अवैध सामाग्री बरामद गरेका छन् ।

एसपी बस्नेतको तस्करी नियन्त्रण गर्न दिइएको कडा निर्देशन पश्चात् आज बिहान मात्रै सशस्त्र प्रहरीले ठुलो परिमाणमा भन्सार छली गरि ल्याइएका लाखौं रुपैयाँ बराबरका अवैध सामाग्री बरामद गरेको छ । आज बिहान नेपालगन्ज १७ परसपुरबाट सशस्त्र प्रहरी बल नम्बर ३० गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिलक मन्दिर मगरको कमान्डमा गएको टोलीले २ लाख बढी रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको छ भने जयसपुर बिओपीबाट सशस्त्र प्रहरी नायब निरीक्षक हरिजित महतको कमान्डको टोलीले नेपालगन्ज १६ जयसपुरबाट ८६ हजार रुपैयाँ बराबरका थानको कपडा र ४७ पिस कुर्ता सुरवाल बरामद गरेको एसपी बस्नेतले जानकारी दिएका छन् ।

बरामद गरिएका अवैध सामग्रीहरुमा ४ क्विन्टल चिनी, १५ क्विन्टल हरियो केराउ, लत्ताकपडा, सुर्तीजन्य पदार्थ लगायत किराना बस्तुहरुलाई नेपालगन्ज भन्सार कार्यालय बुझाइएको एसपी बस्नेतले बताए ।

  • ११ माघ २०७८, मंगलवार १९:०९ प्रकाशित
  • Nabintech