२ भाद्र २०७९, बिहीबार
कुटपिट गरी श्रीमानले गरे श्रीमतीको हत्या
  • काँचुली खबर

कैलालीमा एक जना व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको गोदावरी नगरपालिका-९ का परशुराम रोक्का मगरले आइतबार साँझ कुटपिट गरी श्रीमती भावनाको हत्या गरेका हुन् । श्रीमतीको हत्या गरेर रोक्कामगर फरार भएको र उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रविन विष्टले घरायसी विवादमा रोक्कामगरले कुटपिट गर्दै श्रीमतीको हत्या गरेको पाइएको जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज पोखरेल नेतृत्वको टोली खटिएको छ ।

  • १० माघ २०७८, सोमबार ११:०३ प्रकाशित
  • Nabintech