१५ चैत्र २०८०, बिहीबार
बोलेरोले मोटरसाईकललाई ठक्कर दिदा थारुको मृत्यु
  • काँचुली खबर

बाँकेको कोहलपुरमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका ११ स्थित दशबिघा चोक नजिकै बोलेरो गाडीले मोटरसाईकललाई ठक्कर दिदा बढैयाताल गाँउपालिका ३ बर्दियाका २० वर्षिय राजन कुमार थारुको मृत्यु भएको हो ।

कोहलपुरबाट बर्दिया तर्फ जाँदै गरेको भे १० प ४६८ नम्बरको मोटरसाइकललाई पश्चिमबाट कोहलपुर आउदै गरेको भे १ च २८१५नम्बरको बोलेरो गाडीले शनिबार बेलुकी ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाईकल चालक थारुको मृत्यु भएको हो ।

मृतक थारु सैन्य तालीम केन्द्र सैनामैना रुपेन्देहीमा कार्यरत रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।

  • ८ माघ २०७८, शनिबार २१:४१ प्रकाशित
  • Nabintech