१४ बैशाख २०८१, शुक्रबार
भेरी अस्पतालमा भर्ना हुने कोरोना बिरामीको संख्या बढ्दै
  • काँचुली खबर

बाँकेमा कोरोना संक्रमित हुनेको संख्या दैनिक रुपमा बढ्दै गएसङ्गै अस्पतालमा भर्ना हुनेको संख्या पनि बढिरहेको छ ।

नेपालगन्जको भेरी अस्पतालमा कोरोना संक्रमित बिरामी उपचारका लागि भर्ना हुने संख्या बढ्दै गएको अस्पतालको तथ्यांकले देखाएको छ ।

अस्पतालमा उपचारका लागि भर्ना हुने संक्रमित बिरामीको संख्या बिहिवार ३२ पुगेको छ । बुधबार २३ जना बिरामी उपचाररत रहेको सो अस्पतालमा बिहिवार सो संख्या बढेर ३२ पुगेको हो ।

त्यसैगरी, बिहिवार ४ जना संक्रमित निको भएर डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

बढ्दै कोरोना संक्रमण:

बाँकेमा पछिल्लो समयमा कोरोनाबाट संक्रमित हुनेको संख्या दैनिक रुपमा बढ्दै गैरहेको छ ।

बिहिवार बाँकेका ७८ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको कोभिड फोकल पर्सन तेज वलीले जनाएका छन । उनका अनुसार, बाँकेका विभिन्न ३ वटा प्रयोगशालामा गरिएको १६७ जनाको परिक्षणमा १०७ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये, ७८ जना बाँकेका हुन ।

त्यसैगरी, जमुनाह हेल्थ डेस्कमा भारतबाट आउने २३७ जनामा गरिएको एन्टिजेन परिक्षणमा २१ जनामा कोरोना देखिएको वलीले जानकारी दिए ।

 

  • ६ माघ २०७८, बिहीबार १८:०२ प्रकाशित
  • Nabintech