२३ श्रावण २०७९, सोमबार
भारत लैजादै गरेको अबैध सुपारी बरामद
  • काँचुली खबर

बाँके प्रहरीले नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा अबैध सुपारी बरामद गरेको छ ।

प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० बाट ई-रिक्साको डिक्की र हुडमा लुकाईछिपाई गरी नेपालबाट भारततिर लैजादै गरेको अवस्थामा बुधबार ठूलो मात्रामा अबैध सुपारी बरामद गरेको जनाएको छ ।

प्रहरीले उक्त रिक्साबाट अन्दाजी २ लाख १० हजार रुपैयाँ बराबरको अबैध सुपारी बरामद गरेको जनाएको छ । बरामद गरेको उक्त सुपारी र ई-रिक्सालाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाएको छ । सुपारी बोकेको उक्त रिक्साका चालक भने प्रहरीलाई देख्ने बित्तिकै भागेको बाँके प्रहरीले जनाएको छ ।

  • ६ माघ २०७८, बिहीबार १५:४३ प्रकाशित
  • Nabintech