१४ बैशाख २०८१, शुक्रबार
ब्राउन सुगर सहित एमालेबाट निर्वाचित वडाध्यक्ष पक्राउ
  • काँचुली खबर

बाँकेको बैजनाथ गाँउपालिका वडा नं. ३ का वडाध्यक्ष लागु औषध ब्राउन सुगर सहित रंगेहात पक्राउ परेका छन ।

ईलाका प्रहरी कार्यालय कोहलपुरले बैजनाथ गाँउपालिका वडा नं. ३ का वडाध्यक्ष राम शरण थारुलाई ३५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलिले ब्राउन सुगर प्रयोग गरीरहेको अवस्थामा वडाध्यक्ष थारु सहित ४ जनालाई पक्राउ गरेको कोहलपुर प्रहरी प्रमुख रबिन्द्र खनालले पुष्टि गरेका छन ।

पक्राउ पर्नेमा वडाध्यक्ष थारुसँगै सोही ठाउँ बस्ने सुरज थारु, सुन्दर थारु र धुर्ब थारु रहेका छन ।

पक्राउ परेका सबैलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका वडाध्यक्ष थारु नेकपा एमालेबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि हुन ।

  • ३ माघ २०७८, सोमबार २१:३२ प्रकाशित
  • Nabintech