१६ चैत्र २०८०, शुक्रबार
माघ २ गते लुम्बिनी प्रदेशमा माघीको विदा
  • काँचुली खबर

माघी/माघे संक्रान्तिको अवसरमा लुम्बिनी प्रदेश सरकारले आइतबार माघ २ गते सार्वजनिक विदा दिएको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी माघे संक्रान्तिको अवसरमा आइतबार प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाएको छ ।

यसअघिको सरकारले पनि माघी एवं माघे संक्रान्तिको अवसरमा दुई दिन विदा दिँदै आएको थियो । माघ १ गते शनिबार स्वतः विदा भएकाले आइतबार एक दिन विदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताए ।

  • ३० पुष २०७८, शुक्रबार २१:२० प्रकाशित
  • Nabintech