१३ बैशाख २०८१, बिहीबार
कर्मचारी युनियन बाँकेको अधिवेशन : महाधिवेशन प्रतिनिधिमा पाण्डे र केसी निर्विरोध
  • काँचुली खबर

नेपाली कांग्रेस निकट कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी युनियन बाँकेको ८औं अधिवेशनबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा जयन्द्र पाण्डे र लक्ष्मी केसी निर्विरोध निर्वाचित भएका छन ।

पाण्डे र केसी केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत प्रभाकर भट्टराईले जानकारी दिए ।

उनका अनुसार, जिल्ला अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिब एक, कोषाध्यक्ष एक, श्रेणी बिहिन सदस्य दुई, खुला सदस्य चार र खुला महाधिवेशन प्रतिनिधि तीनजनाका लागि अहिले मतदान भैरहेको छ ।

यसअघि उपाध्यक्ष एक, उपसचिव एक, महिला सदस्य दुई र दुई केन्द्रिय महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भैसकेका छन ।

जिल्लामा जम्मा ४ सय ३६ मतदाता रहेको र मतदान पश्चात् बेलुकासम्म मतगणना गरी नतिजा आइसक्ने निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए ।

  • २४ पुष २०७८, शनिबार १२:४८ प्रकाशित
  • Nabintech