८ बैशाख २०८१, शनिबार
शनिबारदेखी नेपालगन्जमा नकआउट फुटबल हुँदै
  • काँचुली खबर

बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखी नेपालगन्जमा बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिता सुरु हुने भएको छ । नेपालगन्ज रंगशालामा हुने प्रतियोगिता पुसको २७ गते सम्म चल्नेछ ।

प्रतियोगितामा बाँकेका ५ क्लबले प्रतिस्पर्धा गर्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।

प्रतियोगिताको समुह ‘ए’ मा रोयल नेपालगन्ज फुटबल क्लब र सिटी युथ क्लब रहेका छन भने समुह ‘बी’ मा नेपालगन्ज-११, एफसी संघारी र सिद्धार्थ युथ क्लब रहेका छन । समुह ए र बी को विजेताले फाइनलमा प्रतिस्पर्धा गर्नेछन ।

नेपालगन्ज रंगशालामा हुने प्रतियोगिताको पहिलो दिन दुइ वटा खेल हुने फुटबल प्रशिक्षक सानु तामाङले बताए । पहिलो खेलमा रोयल नेपालगन्ज र सिटी युथ बिच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल एफसी संघारी र नेपालगन्ज-११ बिच हुनेछ । यसैगरी आइतबार पुस२५ गते सिद्धार्थ युथ क्लबले एफसी संघारी र नेपालगन्ज-११ बिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

  • २३ पुष २०७८, शुक्रबार १७:२७ प्रकाशित
  • Nabintech