१३ बैशाख २०८१, बिहीबार
सक्कियो ब्राजिलको विश्वकप यात्रा, ३२ वर्षपछि बेल्जियमको एेतिहासिक जीत
  • काँचुली खबर

काठमाडौँ । उपाधी दाबेदार मानिएको ब्राजिल रसिया विश्वकपबाट बाहिरिएको छ । शुक्रबार राती भएको क्वाटर फाइनलमा वेल्जियमसँग २(१ गोल अन्तरले पराजित भएपछि ब्राजिलको विश्वकप यात्रा सकिएको हो । यो जितसँगै बेल्जियम ३२ वर्षपछि विश्वकप फुटवलको सेमिफाइनलसम्म पुगेको छ । यसअघि बेल्जियम सन् १९८६ मा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको थियो । रसिया विश्वकपमा यो बेल्जियमको लगातार पाँचौं जित हो।

पहिलो हाफमा नै आत्मघाती गोलले २-० गोल अन्तरले पछि परेको ब्राजिलका लागि दोस्रो हाफको ७६ औँ मिनेटमा आर अगुस्टोले एक गोल फर्काए । पटक पटक पाएको अबसर ब्राजिलले खेर फालेको थियो ।

ब्राजिललार्इ शुरूवाती समय मै २ गोलले पछि पार्दै बेल्जियमले अग्रता लिएको थियोे । उसका लागि १३ औँ मिनेटमा फर्नान्डिन्हो र ३१ औँ मिनेटमाम डी ब्राउनीले गोल गरेका हुन् । पहिलो गोल बेल्जिमयले उपहार पायो । खेलको १४अौं मिनेटमा बेल्जियमका नासिल नादिलले कर्नरबाट स्विङ गर्दै पोस्ट नजिक पुर्याएको बल फर्नान्डिनोको पाखुरामा लाग्दै गोलमा परिणत भएपछि बेल्जियमले सुरुवाती अग्रता पाएको थियो। यसविश्वकपमा भएको यो ११ अौं आत्मघाती गोल समेत हो। खेलको ३२ अौं मिनेटमा केभिन डि ब्राउनीले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारेका थिए।

अब बेल्जियमले आगामी मंगलबार फ्रान्ससँग सेमिफाइनल खेल्नेछ।

रसिया विश्वकमा बलिया उपाधी दाबेदार मानिएका सबै टीम बाहिरिएका छन् । जर्मनी, स्पेन, अर्जेन्टिना, पोर्चुगल लगाएतका टोलि घर फर्किएका छन् ।

  • २३ असार २०७५, शनिबार ०७:१० प्रकाशित
  • Nabintech