बाँकेमा फेरी अर्को घुस प्रकरण
  • काँचुली खबर

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले डुडुवा गाँउपालिका कार्यालयका ईन्जीनियरलाई घुस सहित नियन्त्रणमा लिएको छ । शुक्रबार अख्तीयार कोहलपुरको टोलीले सेवाग्राहीबाट १ लाख नगद घुस लिईरहेको अवस्थामा तेजराज खड्कालाई रंगेहात नियन्त्रणमा लिएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अख्तियारको टोलीले गत शुक्रबार बैजनाथ गाँउपालिका कार्यालयका ईन्जीनियर मजिद खाँलाई २५ हजार घुस सहित नियन्त्रणमा लिएको थियो । त्यसको एक साता बित्न नपाउँदै फेरी अर्का ईन्जिनियर घुस रकम सहित पक्राउ परेका हुन ।
ईन्जिनीयर खड्काले डुडुवा गाँउपालिका हिरमिनियास्थित माटो पटान तथा ग्राभेल सडक निर्माण कार्यको प्रतिवेदन तयार गर्ने प्रयोजनकालागी सेवाग्राहीसग घुस रकम माग गरेको सूचनाका आधारमा अख्तीयार अनुसन्धान आयोग कोहलपुरले खड्कालाई घुस रकम सहित रंगेहात नियन्त्रणमा लिएको अख्तियार कोहलपुर शाखाका निमित्त कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
खड्कालाई नेपालगन्जस्थित बि.पि. चोकमा रहेको दङ्गाली मःम सेन्टरबाट घुस रकम सहित रंगेहात नियन्त्रणमा लिईएको र थप अनुसन्धान सुरु गरिएको पौडेलले बताए ।

  • २२ असार २०७५, शुक्रबार २२:०७ प्रकाशित
  • Nabintech