१३ बैशाख २०८१, बिहीबार
फोनिज दाङको अध्यक्षमा राम्जा निर्वाचित
  • काँचुली खबर

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दाङको अध्यक्षमा प्रेमबहादुर राम्जामगर निर्वाचित भएका छन ।
सोमबार सम्पन्न भएको फोनिज दाङको ८औं जिल्ला अधिवेशनबाट राम्जा अध्यक्षमा सर्वसम्मत निर्विरोध निर्वाचित भएका हुन ।
अध्यक्ष राम्जासहित उपाध्यक्षमा दिप्तिशिखा चौधरी, सचिबमा बिमला घर्ती, सहसचिवमा अमिता चौधरी र कोषाध्यक्षमा दिपक घर्ती चयन भएका छन ।
त्यसैगरी, सदस्यहरूमा क्रमशः टोपेन्द्र रोका, रोम थापा, सुशिला घर्ती, रामप्रसाद चौधरी (आर.एम), सरिता चौधरी, डिला चौधरी र संस्थागत सदस्यमा थारु पत्रकार संघ र मगर पत्रकार संघ निर्वाचित भएका छन ।
अधिवेशनले प्रदेश प्रतिनिधिमा राजकुमार चौधरी, शिव घर्ती, जितसागर जिएम, निमुसङ्गम घर्ती, सबिता चौधरी, नवीन चौधरी, इन्द्र चौधरी, शालिकराम चौधरी र जयन्ती चौधरीलाई चयन गरेको छ त्यसैगरी, संघीय महाधिवेशन प्रतिनिधिमा सबिन प्रियासन, छबिलाल कोपिला, लक्ष्मीमान चौधरी, जे. एन. सागर, रिता लामा, रोशनमान श्रेष्ठ र प्रकाश चौधरीलाई चयन गरेको छ ।

  • १२ पुष २०७८, सोमबार १९:२८ प्रकाशित
  • Nabintech