८ बैशाख २०८१, शनिबार
नेपालगञ्ज जेसीजमा चिरञ्जीवी शर्मा विजयी
  • काँचुली खबर

नेपालगञ्ज जेसीज वर्ष २०२२ को अध्यक्षमा चिरञ्जीवी शर्मा विजयी भएका छन । शर्माले ४३ मत ल्याएर नेपालगञ्ज जेसीज वर्ष २०२२ को अध्यक्ष निर्वाचित भएका हुन ।
शनिवार नेपालगन्जमा सम्पन्न भएको जेसीजको निर्वाचनमा उनले प्रतिद्वन्द्वी आशिष आनन्दलाई पराजित गरेका हुन । आनन्दले ३९ मत प्राप्त गरेका थिए ।
निर्वाचन अधिकृत भुवनेश्वर लामिछानेका अनुसार अध्यक्ष एक र कार्यकारी उपाध्यक्ष दुई पदका लागि निर्वाचन भएको हो । अध्यक्षमा शर्मा र आनन्द र कार्यकारी उपाध्यक्षमा आदित्य गुप्ता, रोशन केसी र माधव बेलबासे उमेदवार रहेका थिए ।
लामिछानेका अनुसार, कार्यकारी उपाध्यक्षमा आदित्य गुप्ताले ७६ मत र राेशन केसीले ५६ मत ल्याएर विजयी भएका छन् भने माधव प्रसाद बेलबासेले ३० मत प्राप्त गरेर पराजित भएका छन ।
त्यसैगरी, चार उपाध्यक्षमा प्रतिभा न्यौपाने, एन्थस केसी, हिमान्चल वर्नवाल र गणेश केसी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत भुवनेश्वर लामिछानेले जानकारी दिए ।

  • १० पुष २०७८, शनिबार २३:४३ प्रकाशित
  • Nabintech