१० मंसिर २०७९, शनिबार
फोनिज रोल्पाको अध्यक्षमा खुविना निर्वाचित
  • काँचुली खबर

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रोल्पाको अध्यक्षमा खुविना सुनारीमगर निर्वाचित भएकी छिन ।
शनिबार रोल्पामा भएको फोनिज जिल्लाको तेस्रो अधिवेशनबाट अध्यक्षमा खुविनासहित १३ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
निर्वाचन समितिका अनुसार, अध्यक्षमा खुविना सुनारीमगर, उपाध्यक्षमा मजाेज पुनमगर, सचिवमा चित्रबहादुर झाक्रीमगर, सह-सचिवमा अन्जुली बाँठामगर, काेषाध्यक्षमा सुनसरी बुढामगर निर्वाचित भएका छन ।
त्यसैगरी, सदस्यहरूमा चन्द्र राेकामगर, बन्दना घर्तीमगर, मिलन राेकामगर, तिलक घर्तीमगर, अनिता बुढामगर, जनक गुरूङ, सिर्जना पुनमगर, विरेन्द्र घर्तीमगर चयन भएका छन ।
अधिवेशनले संघीय र प्रदेश महाधिवेशन प्रतिनिधि पनि चयन गरेको छ । संघीय महाधिबेशन प्रतिनिधिमा हर्कबहादुर घर्तीमगर, दीनेश राेकामगर (माैसम), मनिषा श्रेष्ठ, स्मृति राेकामगर र के.वि गुरूङलाई चयन गरेको छ । त्यसैगरी, प्रदेश महाधिबेशन प्रतिनिधिमा कमानसिङ पुनमगर, अमित बुढामगर, प्रतिज्ञा बुढामगर, प्रतिभा श्रेष्ठ, जंग पुनमगर, अस्मिता बुढामगर र प्रतिक्षा बुढामगर चयन भएको निर्वाचन समितिले जनाएको छ ।

  • १० पुष २०७८, शनिबार २१:०९ प्रकाशित
  • Nabintech