१२ बैशाख २०८१, बुधबार
मुख्यमन्त्री केसीद्वारा ‘क्रिसमस डे’ को शुभकामना
  • काँचुली खबर

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले ‘क्रिसमस डे – २०७८’ को अवसरमा शुभकामना सन्देश जारी गरेका छन ।
मुख्यमन्त्री केसीले प्रदेशवासी, देशबासी र विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् निरन्तर समुन्नतीका लागि शुभकामना व्यक्त गरेका छन ।
मुख्यमन्त्री केसीद्वारा शनिबार जारी शुभकामना सन्देशमा ‘हाम्रो देश नेपाल र लुम्बिनी प्रदेश बहुजाती, बहुभाषिक र बहुसाँस्कृतिले भरीपूर्ण छ । यही हाम्रो देश र प्रदेशको विबिध जाती, भाषा, सँस्कृति र भेषभुषालाई एकीकृत गरी अगाडि बढेमा मात्रै समृद्ध प्रदेशको निर्माण गर्न सक्दछौँ ।’ भनिएको छ ।
सन्देशमा अगाडी भनिएको छ – ‘यसै भावना र मर्मलाई नेपालको संविधान–२०७२ ले पनि स्वीकार्दै विविध जाती, धर्म, सँस्कृति र समुदायको संरक्षण र सम्बर्द्धनका लागि अधिकार प्रदान गरेको कुरा सर्वविधितै छ । नेपाल र प्रदेशको विविधितालाई सम्पत्तिको रुपमा ग्रहण गरी प्रदेश सरकार अगाडि बढ्ने विश्वास दिलाउँदै संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको कार्यान्वयन सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाका लागि वलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गर्ने कुरा यो सन्देश मार्फत अवगत गराउँदछु ।’
हेर्नुस् शुभकामना सन्देशको पुर्ण पाठ:

  • १० पुष २०७८, शनिबार ०९:१९ प्रकाशित
  • Nabintech