१४ बैशाख २०८१, शुक्रबार
सवारी ज्यान मुद्दाका फरार कुम्हार तीन बर्षपछि पक्राउ
  • काँचुली खबर

बाँके प्रहरीले सवारी ज्यान मुद्दाका फरार एक प्रतिवादीलाई झण्डै साढे तीन बर्षपछि पक्राउ गरेको छ ।
सवारी ज्यान मुद्दा लागि फरार रहेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ का ४३ बर्षिय पन्चुराम कुम्हारलाई प्रहरीले बिहिवार नेपालगन्जबाट पक्राउ गरेको हो ।
बाँके जिल्ला अदालतले कुम्हारलाई सवारी ज्यान मुद्दामा २०७५ असार २६ गते १ बर्ष ११ महिना ४ दिन कैद सजायको फैसला गरेको प्रहरीले जनाएको छ ।
अदालतको फैसला पश्चात् उनि फरार रहदै आएका थिए । प्रहरीले आवश्यक कारबाहीका लागि कुम्हारलाई बाँके जिल्ला अदालत बुझाएको जनाएको छ ।

  • ८ पुष २०७८, बिहीबार २१:३० प्रकाशित
  • Nabintech