१६ चैत्र २०८०, शुक्रबार
एमाले बाँकेका प्रचार विभाग प्रमुख धिताल एकीकृत समाजवादीमा प्रवेश
  • काँचुली खबर

नेकपा एमाले बाँकेका उपसचिव तथा प्रचार विभाग प्रमुख प्रमोद धिताल पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले धिताललाई बाँकेको कोहलपुरमा भएको एक कार्यक्रमबिच पार्टीमा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन ।
धितालले एमाले अब केपी वलीको आसेपासेको मात्र रहेको आरोप लगाएका छन । काँचुलीखबरसङ्ग कुरा गर्दै उनले एमाले केपी वलीलाई सुमेरु पर्वत ठानेर वरिपरि घुम्ने आसेपासेहरुको मात्र पार्टी भएको, ईमानदार र जुझारु कार्यकर्ताहरुलाई त्यहाँ ठाउँ नभएको बताए ।

केपीको व्यक्तिवादी र निरंकुसता प्रवृती एमालेमा हाबि भएको र त्यसलाई स्वीकार गर्ने मात्र एमाले भित्र बस्न सक्ने भन्दै धितालले ईमानदार र निष्ठावान कार्यकर्ताहरु अब बिस्तारै एमालेबाट बाहिरिएर एकीकृत समाजवादीमा गोलबन्द हुने बताए ।
धिताल २०४१ सालबाट विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका हुन । उनि अनेरास्ववियुको स्कुल कमिटीको सदस्य, सचिब, अध्यक्ष हुँदै बाँके जिल्लाको सदस्य, उपाध्यक्ष हुँदै अनेरास्ववियुको तीन कार्यकाल जिल्ला अध्यक्ष बनेका थिए । उनि २०५३ सालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्ववियु सभापति समेत बनेका थिए ।
धिताल अनेरास्ववियुको केन्द्रिय सदस्य, एमाले नेपालगन्जको नगर सचिब, २०६६ सालमा बाँके जिल्ला सदस्य, २०७१ सालमा उपसचिब, नेकपा टुक्रेपछि पुन: एमालेको ७ महिना सचिब र एमालेभित्रको दश बुदे सहमति पस्चात फेरी उपसचिव बनेका थिए । उनि एमाले लुम्बिनी प्रदेश सदस्य समेत रहेका थिए ।

  • ८ पुष २०७८, बिहीबार १९:५० प्रकाशित
  • Nabintech