११ बैशाख २०८१, मंगलवार
सवारी ज्यान मुद्दाका फरार व्यक्ति पक्राउ
  • काँचुली खबर

बाँके प्रहरीले सवारी ज्यान मुद्दाका एक फरार व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले सवारी ज्यान मुद्दा लागि फरार रहेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का ३० बर्षिय साधु अहिरलाई बुधबार नेपालगन्जबाट पक्राउ गरेको हो ।
बाँके जिल्ला अदालतले अहिरलाई सवारी ज्यान मुद्दामा २०७७ फागुन १७ गते ३ महिना १९ दिन कैद र २ हजार रुपैयाँ जरीवानाको फैसला गरेको प्रहरीले बताएको छ ।
पक्राउ परेका अहिरलाई प्रहरीले बाँके जिल्ला अदालतमा बुझाएको जनाएको छ ।

  • ७ पुष २०७८, बुधबार २०:२० प्रकाशित
  • Nabintech