१३ बैशाख २०८१, बिहीबार
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
  • काँचुली खबर

नेपालगन्जमा बुधबार दिउँसो एक ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
कोहलपुरतर्फबाट नेपालगन्ज आउदै गरेको ना३ख २६२३ नम्बरको ट्रकले भे७प २७८१ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक तिलागुफा गाउँपाकिका वडा नम्बर ३, कालिकोटका २८ बर्षिय कुशराज हमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २, पुष्पलाल चोक नजिक गुल्म अगाडि उक्त ट्रकले मोटरसाइकललाई ठक्कर दिएको उनले बताए । दुर्घटना लगत्तै उनलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज पुर्‍याइए पनि चिकित्सकले हमाललाई मृत घोषणा गरेको जानकारी दिएको न्यौपानेले बताए ।
बुधबार दिउँसो अन्दाजी साढे चारबजेतिर भएको सो दुर्घटनामा मोटरसाइकल पछाडि बसेका अर्का व्यक्तिलाई भने केही नभएको प्रहरीले जनाएको छ ।
जोशिपुर ३ कैलालीका ४५ बर्षिय ट्रक चालक दातिराम डगौरा र २० बर्षिय सहचालक बिपला चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठक्कर दिने उक्त ट्रक, चालक र सहचालकाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा ट्रक चालकले मदिरा सेवन गरेको हुनसक्ने शंका गरेको छ । ट्रक चालकको मेडिकल रिपोर्ट आएपछि उक्त कुराको पुष्टि हुने प्रहरीले बताएको छ ।
फोटो: सामाजिक संजालबाट ।

  • ७ पुष २०७८, बुधबार १९:४९ प्रकाशित
  • Nabintech