११ बैशाख २०८१, मंगलवार
३ सय ट्यावलेट नाइट्रोभ्याटसहित १९ बर्षिय युवा पक्राउ
  • काँचुली खबर

बाँके प्रहरीले नेपालगन्जबाट ३ सय ट्यावलेट नाइट्रोभ्याट लागूऔषध सहित एक १९ बर्षिय युवालाई पक्राउ गरेको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो नेपालगन्ज १५ बाट उक्त मात्राको लागूऔषधसहित शैलेशिखर नगरपालिका वडा नम्बर ९ दैलेखका १९ बर्षिय नरेन्द्र बिष्टलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
छिमेकी देश भारतीय बजार रुपैडिहाबाट दैनिकजसो लागूऔषध लुकाईछिपाई नेपालतर्फ भित्राउने गरेको पाइएकोले सिमानाकामा प्रहरीले चेकजाँच तथा निगरानी बढाएको छ ।

  • ६ पुष २०७८, मंगलवार २१:५६ प्रकाशित
  • Nabintech