१२ आश्विन २०७९, बुधबार
सडक पक्की गर्न माग गर्दै १८ नम्बर वडाअध्यक्षलाई ध्यानाकर्षण
  • काँचुली खबर

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ सरस्वतीमार्ग टोलका स्थानीय बासिन्दाले सडक पक्की गर्न माग गर्दै मंगलबार वडाअध्यक्ष दिपक वर्मालाई ध्यानाकर्षण पत्र बुझाएका छन ।
नेकपा माओवादी केन्द्र १८ नम्बर वडाका अध्यक्ष परमेश्वर डिसीको नेतृत्वमा गएको स्थानीय बासिन्दाको एक टोलीले वडाअध्यक्ष वर्मा समक्ष उक्त ध्यानाकर्षण पत्र बुझाएको हो ।
बिशालनगर चोकदेखि सरस्वतीमार्ग (नेपालगन्ज मोडेल एकेडेमी जाने बाटो) अन्तर्गत सहायक सडकसहितका ८७५ मिटर लम्बाइ भएका बाटो जिर्ण अवस्थामा रहेकाले उक्त सडकहरुलाई स्तरोन्नतिका लागि पक्की गर्ने, ढक्कनसहितको नाला निर्माण गर्ने र सडकलाई ६ मिटर चौडा गराउने लगायतका मागहरुसहित वडाअध्यक्षलाई ध्यानाकर्षण गराइएको डिसीले जानकारी दिए ।

आफ्ना मागहरू प्रति वडाअध्यक्ष वर्मा सकारात्मक रहेको डिसीले बताए । उक्त सडक स्तरोन्नतिका लागि केही रकम छुट्टाइसकिएको र सडक पिच गर्नका लागि आफुले पहल गर्ने अध्यक्ष वर्माले बताएको डिसीले जानकारी दिए ।
सरस्वतीमार्ग टोलका स्थानीय बासिन्दाको एक बैठक बसी उक्त सडक स्तरोन्नतिको माग गरेको माइन्युटको निर्णयसहित लगेर अध्यक्ष वर्मा समक्ष ध्यानाकर्षण गराएका हुन ।

  • ६ पुष २०७८, मंगलवार २१:०० प्रकाशित
  • Nabintech