१२ बैशाख २०८१, बुधबार
बाँकेका ४८ प्रतिशत नागरिकले लगाए कोभिड-१९ विरुद्धको पुर्ण खोप
  • काँचुली खबर

बाँके जिल्लाका ४८ प्रतिशत नागरिकले कोभिड – १९ बिरुद्धको पुर्ण खोप लगाएका छन । सिङ्गल डोज खोप लगाउनेको संख्या ६५ प्रतिशत रहेको छ ।
स्वास्थ्य कार्यालय बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको कोभिड – १९ खोप सम्बन्धि जिल्ला स्तरीय समिक्षा तथा योजना तर्जुमा कार्यशाला गोष्ठीमा उक्त कुराको जानकारी गराइएको हो ।
२०७७ माघ १४ गतेदेखि २०७८ मङ्सिर २९ गतेको समयावधिमा बाँकेका ४८.६ प्रतिशत नागरिकले कोभिड – १९ बिरुद्धको पुर्ण खोप र ६५.१ प्रतिशत नागरिकले सिङ्गल डोज खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहले जानकारी दिए ।
शाहका अनुसार, बाँके जिल्लाको कुल जनसंख्या ६१९३३७ रहेको छ । खोप लगाउनु पर्ने १८ बर्ष माथि उमेर समुहको लक्षित जनसंख्या ४०६१६५ रहेको छ । जसमध्ये, १९७५१७ जनाले पुर्ण खोप लगाएका छन भने २६४४९१ जनाले पहिलो डोज खोप लगाएका छन । १४१६७४ जनाले पहिलो डोज र १९७४५२ जनाले दोश्रो मात्राको खोप लगाउन बाँकी रहेको उनले बताए । त्यसैगरी, जिल्लाभर पहिलो मात्राको खोप लगाई दोस्रो मात्राको खोप नलगाउने (ड्रप आउट) को संख्या २५.३ प्रतिशत रहेको छ ।
त्यसैगरी, राप्तिसोनारी गाउँपालिकामा कुल खोप लगाउनुपर्ने लक्षित संख्या ४९९५१ मध्ये, पहिलो मात्रा लगाउनेको संख्या २७०८७ छ भने पुर्ण खोप लगाउने १९१२७ रहेका छन । २२८६४ जनाले अझै पहिलो मात्राको खोप र १९१२४ जनालाई दोस्रो मात्राको खोप लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालय बाँकेका कोभिड भ्याक्सिन फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
फोकल पर्सन श्रेष्ठका अनुसार, कोहलपुर नगरपालिकामा रहेको ६०९७२ लक्षित जनसंख्यामध्ये, ४३२३९ ले पहिलो मात्रा र ३४१८७ जनाले पुर्ण मात्राको खोप लगाएका छन । कोहलपुरमा १६८३३ जनाले पहिलो र ३४१७७ जनाले दोस्रो मात्राको खोप लगाउन बाँकी रहेको छ ।
बैजनाथमा ४५५३८ मध्ये, २४७९१ ले पहिलो र २६४२२ ले पुर्ण मात्राको खोप लगाएका छन । त्यहाँ २०७४७ ले पहिलो र २६१४७ ले दोस्रो मात्राको खोप लगाउन बाँकी रहेको छ ।

खजुरामा ४२२९८ मध्ये, ३०४४८ ले पहिलो र २११७९ ले पुर्ण मात्राको खोप लगाएका छन । ११८५० ले पहिलो र २११७५ जनालाई दोस्रो मात्राको खोप लगाउन बाँकी रहेको छ ।
जानकीमा ३१२३८ मध्ये, १९९८९ ले पहिलो र १३८१८ ले पुर्ण मात्राको खोप लगाएका छन । ११२४९ ले पहिलो र १३८१५ जनालाई दोस्रो मात्राको खोप लगाउन बाँकी रहेको छ ।
नेपालगन्जमा ११७३७७ लक्षित संख्यामध्ये, ८४९५९ ले पहिलो र ६५९२९ ले पुर्ण मात्राको खोप लगाएका छन । ३२४१८ ले पहिलो र ६५९२० जनालाई दोस्रो मात्राको खोप लगाउन बाँकी रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।
डुडुवामा ३०८०८ मध्ये, २०६८९ ले पहिलो र १११५४ ले पुर्ण मात्राको खोप लगाएका छन । १०११९ ले पहिलो र १११४० जनालाई दोस्रो मात्राको खोप लगाउन बाँकी रहेको छ ।
र नरैनापुरमा २८८८३ मध्ये, १३२८९ ले पहिलो र ५७०१ ले पुर्ण मात्राको खोप लगाएका छन । १५५९४ ले पहिलो र ५६८४ जनालाई दोस्रो मात्राको खोप लगाउन बाँकी रहेको श्रेष्ठले बताए ।
राप्तीसोनारीमा पहिलो मात्रा लगाउनेको संख्या ५४.२ प्रतिशत र पुर्ण मात्राको खोप लगाउनेको संख्या ३८.३ प्रतिशत रहेको छ । कोहलपुरमा पहिलो मात्रा लगाउनेको संख्या ७२ प्रतिशत र पुर्ण मात्राको खोप लगाउनेको संख्या ५६.९ प्रतिशत रहेको छ । बैजनाथमा पहिलो मात्रा लगाउनेको संख्या ५४.४ प्रतिशत र पुर्ण मात्राको खोप लगाउनेको संख्या ५८ प्रतिशत रहेको छ । खजुरामा पहिलो मात्रा लगाउनेको संख्या ७२ प्रतिशत र पुर्ण मात्राको खोप लगाउनेको संख्या ५०.१ प्रतिशत रहेको छ ।
त्यसैगरी, जानकीमा पहिलो मात्रा लगाउनेको संख्या ६४ प्रतिशत र पुर्ण मात्राको खोप लगाउनेको संख्या ४४.२ प्रतिशत रहेको छ । नेपालगन्जमा पहिलो मात्रा लगाउनेको संख्या ७२.४ प्रतिशत र पुर्ण मात्राको खोप लगाउनेको संख्या ५६.२ प्रतिशत रहेको छ । डुडुवामा पहिलो मात्रा लगाउनेको संख्या ६७.२ प्रतिशत र पुर्ण मात्राको खोप लगाउनेको संख्या ३६.२ प्रतिशत रहेको छ । नरैनापुरमा पहिलो मात्रा लगाउनेको संख्या ४६ प्रतिशत र पुर्ण मात्राको खोप लगाउनेको संख्या १९.७ प्रतिशत रहेको श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्य कार्यालयले नेपालगन्ज भित्र खोप लगाउन छुटेकाहरुलाई वडा नम्वर २ को हनुमानगढी मन्दिर गौशालामा खोप केन्द्र संचालन गरिरहेको जनाएको छ भने खोपको पहुचमा पुग्न नसकेका जनसंख्यालाई लक्षित गरी अन्य पालिकाहरुमा पनि आवश्यकता अनुसार खोप कार्यक्रम छिटै संचालन गरिने जनाएको छ ।

  • ६ पुष २०७८, मंगलवार २०:१४ प्रकाशित
  • Nabintech