७ बैशाख २०८१, शुक्रबार
लागूऔषध ब्राउन सुगरसहित भारतीय नागरिकसहित तीनजना पक्राउ
  • काँचुली खबर

बाँके प्रहरीले लागूऔषध ब्राउन सुगरसहित शनिबार नेपालगन्जबाट एकजना भारतीय नागरिकसहित तीनजनाई पक्राउ गरेको जनाएको छ ।
ब्राउन सुगरको कारोबार भई रहेको भन्ने गोप्य सुचनाका आधारमा वडा प्रहरी कार्यालय नेपालगंज र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० गणेशमान चोक नजिकबाट ९ ग्राम ब्राउन सुगरसहित तीनजनाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका ८ का २५ बर्षिय आदित्यकुमार लखेर, सोही ठेगाना भएका ३० बर्षिय रोहितकुमार श्रीवास्तव र बहराइच जिल्ला गंगापुर भारतका २२ बर्षिय तिलकराम कुर्मी रहेका छन ।
शंका लागि चेकजाँच गर्ने क्रममा आदित्यकुमार लखेरको साथबाट ९ ग्राम ब्राउन सुगर फेला पारेको र उनिहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ ।

  • ४ पुष २०७८, आईतवार २२:२४ प्रकाशित
  • Nabintech