२६ बैशाख २०८१, बुधबार
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
  • काँचुली खबर

बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । काेहलपुर नगरपालिका वडा नम्बर ८ गोल्छा नजिक ट्रककाे ठक्करबाट एक जना पैदलयात्रीकाे मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
शनिबार बेलुका अन्दाजी ७ बजेर २० मिनेटको समयमा
नेपालगञ्जदेखि काेहलपुर जाँदै गरेकाे कर्णाली प्रदेश ०२००१ ख ००८८ नम्बरकाे ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा रुकुम पश्चिमका मनबहादुर केसीकाे मृत्यु भएकाे हाे ।
नेपालगञ्जदेखि काेहलपुर जाँदै गरेकाे उक्त ट्रकले आठविसकोट नगरपालिका-११ पश्चिम रुकुम घर भएका ६० बर्षिय मनबहादुर केसीलाई ठक्कर दिई गम्भीर घाइते बनाएको र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा उनकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र ट्रक चालक आठबीस नगरपालिका-४ दैलेखका २८ बर्षिय प्रकाश बिकलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालयमा राखिएको कोहलपुर प्रहरीले जनाएको छ ।
फोटो: कोहलपुरटुडे डटकमबाट

  • ४ पुष २०७८, आईतवार २१:५० प्रकाशित
  • Nabintech