१४ बैशाख २०८१, शुक्रबार
जनप्रतिनिधि र कर्मचारीहरुकालागि एकदिने तालिम
  • काँचुली खबर

दैलेखको ठाटीकाँध गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुकालागि सकारात्मक सोच, सुशासन तथा सूचनाको हक बिषयक एकदिने तालिम सम्पन्न भएको छ । ठाटीकाँध गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा शनिबार सो तालिम सम्पन्न भएको हो ।
ठाटीकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिंहको अध्यक्षतामा भएको तालिममा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटा र बास नेपालका निबर्तमान अध्यक्ष मन भण्डारीले सुशासन, सूचनाको हक, नेतृत्व बिकास, पालिकाकाका काम, कर्तव्य र अधिकार, स्थानीय सरकारको प्राथामिकता, सकारात्मक सोच, स्थानीय सरकारले गर्नुपर्ने काम, योजना तर्जुमा लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।

इन्जिनियर किशोर बिक्रम शाहीले सञ्चालन गरेको तालिमको उद्घाटन सत्रमा ठाटीकाँध गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनबहादुर थापाले स्वागत गरेका थिए । तालिमको खुल्ला छलफलमा ठाटीकाँध गाउँपालिका वडा नम्बर २ का अध्यक्ष रुपलाल बिक, वडा नम्बर ३ का अध्यक्ष कर्ण बहादुर शाही, सूचना अधिकारी नेम बहादुर खत्री, लेखा शाखा प्रमुख लोकेन्द्र भण्डारी लगायतले सम्बोधन गरेका थिए ।
तालिममा गाउँपालिकाका बिभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, बिषयगत शाखाका प्रमुख, वडा सचिव, बिभिन्न बिद्यालयका प्रधानाध्यापक लगायत ४० बढिको सहभागिता रहेको थियो । तालिमको समापन बासका केन्द्रीय उपाध्यक्ष लुना बुढाथोकीले गरेकी थिइन् ।

  • ४ पुष २०७८, आईतवार २१:०७ प्रकाशित
  • Nabintech