१६ चैत्र २०८०, शुक्रबार
क्यान र केल्मीबिच २ वर्षे सम्झौता
  • काँचुली खबर

नेपाल क्रिकेट संघ (क्यान) र केल्मी नेपालबिच दुई पक्षिय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आईतबार काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बीच क्यान र केल्मीबिच प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को उपस्थितीमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
दुई वर्षिय सम्झौता अनुसार केल्मीले आगामी दुई वर्षसम्म नेपालले खेल्ने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा जाने पुरुष र महिला सिनियरसँगै यू-१९ र यू-१६ टिमलाई जर्सी, ब्याग, ट्रयाकसुट, टोपी तथा जुत्ता उपलब्ध गराउने भएको छ ।

वर्षमा १३ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि केल्मीले उक्त सामाग्री प्रदान गर्ने सम्झौता पत्रमा उल्लेख गरीएको छ ।

उक्त समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा खेलकुद मन्त्री अथकले नेपाली क्रिकेट क्षेत्रको विकासकालागि केल्मीले महत्वपूर्ण भुमिका निभाउनेमा आफु आशावादी रहेको बताए । यस प्रकारको प्रायोजनले खेलाडीहरुको मनोबल बढ्ने उल्लेख गर्दै मन्त्री अथकले अब खेलाडीहरुले खेलकुद सामाग्रीको अभाव झेल्नुपर्ने समस्या हट्ने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले नेपाली क्रिकेट क्षेत्रको विकासकालागि आगामी दुई वर्षसम्म केल्मी प्रायोजनको भुमिकामा रहने बताए । उनले यो सम्झौता अवधि आवश्यकताका आधारमा बढाउँदै लैजाने जानकारी दिए ।

  • ४ पुष २०७८, आईतवार १९:४७ प्रकाशित
  • Nabintech