७ बैशाख २०८१, शुक्रबार
जनमतको नियमित रक्तदान: शनिबार ३५ जनाले दिए रगत
  • काँचुली खबर

नेपालगन्जबाट विगत ४० वर्षदेखि प्रकाशित हुँदै आएको जनमत अर्धसाप्ताहिक पत्रिकाको आयोजनामा शनिबार नेपालगन्जमा रक्तदान कार्यकम सम्पन्न भएको छ ।
कार्यक्रममा स्वयंसेवी रक्तदाताहरु, पत्रकार, व्यवसायी, स्वास्थ्यकर्मी लगायत तीनजना महिलासहित ३५ जनाले रक्तदान गरेका छन ।
ग्रेस ग्लोबल ट्रेडिङ प्रा. लि. नेपालगन्ज बाँकेको सहकार्यमा भएको उक्त रक्तदान कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपालगन्ज नगर समितिकी अध्यक्ष दिला शाह र जनमतका सम्पादक पूर्णलाल चुकेले प्राविधिकलाई रगत संकलन गर्ने प्याकेट प्रदान गरी रक्तदान कार्यक्रमको सुरुवात गरेका थिए ।
जनमतले आफ्नो रजत वार्षिकोत्सव २०६३ साल वैशाख २९ गतेदेखि हरेक तीन/तीन महिनामा नियमित रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । विशेषगरी रगतको अभावमा छट्पटाइरहेका गरीब, असहाय र दूर दराजबाट आउने विरामीहरुलाई लक्षित गरेर “रक्तदान महादान”को पवित्र उद्देश्यले आयोजना गर्दै आएको रक्तदानको यो ५१औं श्रृङ्खला हो ।

कार्यक्रम संयोजक पवन जायसवालका अनुसार रक्तदान गर्नेहरुमा अन्नपूर्णा दैनिकका प्रदेश व्यूरो प्रमुख शंकर प्रसाद खनाल, दैनिक नेपालगन्जका प्रधान सम्पादक झलक गैरै, मनमोहन वर्मा, स्वयंसेवी रक्तदाता नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज नगर समितिकी अध्यक्ष दिला शाह, जानकी गाउँपालिका वार्ड नं.५ का वडाध्यक्ष रमेश कुमार वर्मा, सुश्री स्वेता विष्ट, सुश्री सुस्मिता परियार, लक्ष्मण प्रसाद चमार, रेडक्रसका प्राविधिक होमराज गिरी, भगवान शरण यादव, पत्रकारहरु भगतराम थारु, शम्भु प्रसाद थारु, चन्द्रेश्वरराज त्रिपाठी, भिष्म लोध, नारायण प्रसाद मौर्या, मेघराज जिएम, रोहित गुप्ता, चर्चित युवा कलाकार प्रमोद डिजी, गौतम प्रसाद पौडेल, लक्ष्मण कुमार वैश्य, धर्मेन्द्र सिंह, पवन कुमार वैश्य, विनोद कुमार वैश्य, निरन थारु, कुलेन्द्र विश्वकर्मा, गप्फार अली शेष, सागर भट्ट, राम बाबु बढही, विवेक पराजुली, दिनेश कुमार वर्मा, राम कुमार बढही, गुरुदीन यादव, रुस्तम अली दर्जी लगायत ३५ जनाले रक्तदान गरेका छन् ।
सो अवसरमा रक्तदाताहरुलाई ग्रेस ग्लोबल ट्रेडिङ प्रा.लि.का सञ्चालकद्वय वेद प्रकाश सिंह ठकुरी र रण बहादुर शाहीले रक्तदान कार्यक्रमको लोगो अंकित ज्याकेट वितरण गरेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित लुम्विनी प्रदेशका प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा होमराज गिरी, सोम प्रकाश सापकोटा, सन्दिप आचार्य, खगेन्द्र भट्टराई, हरि बहादुर दर्लामी, बैकुण्ठ रेग्मी लगायतले प्राविधिक सहयोग गरेका थिए भने कार्यक्रममा आकाश जायसवालले सहयोग गरेका थिए ।
कतिपय नियमित रक्तदाताहरु विविध कारणवस उपस्थित हुन नसकेको र रक्तदान गर्ने उच्च अभिलाषा बोकेर आउने कतिपय रक्तदाता उक्त रक्तचाप, न्यून रक्त चाप र औषधि सेवनका कारण रक्तदान गर्न नपाई निरास भई फर्कनु परेको कार्यक्रम संयोजक पवन जायसवालले बताए ।

  • ३ पुष २०७८, शनिबार १९:४६ प्रकाशित
  • Nabintech