८ बैशाख २०८१, शनिबार
तुलसीपुर प्रहरीद्वारा लागूऔषध ब्राउन सुगरसहित दुई पक्राउ
  • काँचुली खबर

ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङले लागूऔषध ब्राउन सुगरसहित शुक्रबार तुलसीपुरबाट दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७, टिक्रापातुबाट ब्राउन सुगर खरिदबिक्री गरिरहेको अवस्थामा प्रहरीले तुलसीपुर – ५ का २६ बर्षिय नवराज बुढाथोकी र बाघचोर नगरपालिका वडा नम्बर ४, सल्यान घर भइ हाल तुलसीपुर – ७ मा बस्ने २८ बर्षिय डम्बर बहादुर पुनमगरलाई पक्राउ गरेको हो ।
प्रहरीले उनिहरुको साथबाट ५ सय ७० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ । पक्राउ परेका उनिहरुका बारेमा थप अनुसन्धान भइरहेको तुलसीपुर प्रहरीले जनाएको छ ।
पछिल्लो समयमा तुलसीपुर उपमहानगरपालिका भित्रका विभिन्न स्थानहरूमा विभिन्न लागूऔषधको बिक्रीवितरण, ओसारपसार तथा प्रयोगमा वृद्धि भएको भन्दै प्रहरीले त्यसका विरुद्धमा विशेष प्रहरी टोली परिचालन गरेको जनाएको छ ।
लागूऔषध प्रयोगबाट समाजमा चोरीका घटना लगायतका विभिन्न किसिमका अपराधिक क्रियाकलापहरु, बिकृती, बिसंगति लगायत बढ्ने भन्दै लागूऔषधको बिक्रीवितरण, ओसारपसार तथा प्रयोगलाई निर्मुल पार्न प्रहरी सक्रिय भएको हो ।

  • २ पुष २०७८, शुक्रबार १९:४७ प्रकाशित
  • Nabintech