१३ बैशाख २०८१, बिहीबार
माओवादी कोहलपुर नगर सम्मेलन मन्त्री अथकद्वारा उद्घाटन
  • काँचुली खबर

नेकपा माओवादी केन्द्र कोहलपुरको दोस्रो नगर सम्मेलन सुरु भएको छ । सम्मेलनको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले एक भव्य कार्यक्रमबिच उद्घाटन गरेका छन ।
विभिन्न वडाबाट चुनिएर आएका माओवादीका सयौं प्रतिनिधिहरुले चौराहबाट भव्य र्‍याली निकालेका थिए । चौराहबाट निस्किएको र्‍याली साझाचोक हुँदै न्युरोडमा पुगेर सभामा परिणत भएको थियो ।

मन्त्री अथकले उद्घाटन गरेको कार्यक्रममा अहिले बक्ताहरुले सम्बोधन गरिरहेका छन । उद्घाटन कार्यक्रम पश्चात् हुने बन्द सत्रले कोहलपुर नगरको नयाँ कार्यसमिति चुन्ने छ ।
माओवादी केन्द्रको आज देशैभरका सम्पुर्ण पालिकाहरुमा सम्मेलनहरु भैरहेका छन ।


  • ११ मंसिर २०७८, शनिबार १४:४४ प्रकाशित
  • Nabintech