१२ बैशाख २०८१, बुधबार
सूचना विभागको टोली ‘घुम्ती शिविर’ संचालनका लागि मुगु जाँदै
  • काँचुली खबर

सूचना तथा प्रसारण विभागका निर्देशक सुदिप भट्टराई नेतृत्वको टोली प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण ‘घुम्ती शिविर’ कार्यक्रम सञ्चालनका लागि मुगु जाँदैछ ।
सूचना तथा प्रशारण विभागका निर्देशक सुदिप भट्टराई, शाखा अधिकृत केशवराज शर्मा, लेखा प्रमुख केशव प्रसाद रेग्मी, प्राध्यापक डा. विजय मिश्रा, खगेन्द्र कार्की, अधिकार बुढा र बिष्णु सुबेदीको टोली मुगु जाने क्रममा आज नेपालगन्ज आइपुगेको हो ।
मुगु जान नेपालगन्ज आइपुगेको सूचना बिभागको सो टोलीलाई नेपालगन्ज विमानस्थलमा आज प्रेस सेन्टर बाँकेका उपाध्यक्ष, युथ टुडे न्युजका सम्पादक, मुस्लिम पत्रकार क्लबका अध्यक्ष एंव मानब अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रका अध्यक्ष आलम खान र प्रेस सेन्टर बाँकेका कोषाध्यक्ष तथा हाम्रो जनादेश अनलाइनका संचालक चन्द्र बोहराले स्वागत गरेका थिए ।
प्रेसपास ल्याउने, नविकरण गर्ने तथा पत्रपत्रिका र अनलाईन दर्ता नविकरण गर्नका लागि काठमाडौं धाउनु पर्ने दुर्गमका पत्रकारहरुको समस्यालाई मध्यनजर गर्दै विभागको टोली मुगुमै पुगेर सेवा दिन लागेको सूचना विभाग अनलाइन दर्ता शाखाका प्रमुख केशवराज शर्माले बताए । प्रेसपास वितरणका साथै पत्रकारहरुका लागि क्षमता विकास तालिम समेत संचालन गरिने प्रमुख शर्माले जानकारी दिए ।
सूचना तथा प्रसारण विभागका निर्देशक भट्टराईले दुर्गमका पत्रकारहरुको राहतका लागि शिविर संचालन गरिदै आएको बताए । उनले रिपोटिङसंगै महत्वपुर्ण काममा प्रेस पास अति आवश्यक पर्ने हुँदा र पत्रकारहरुको सुरक्षा बीमा तथा सरकारी सेवा सुविधा सुनिश्चित गर्नका लागि प्रेसपासको भुमिका विशेष रहने हुँदा सो कुरालाई ध्यानमा राखेर मुगुमा शिबिर संचालन गर्न लागेको जानकारी दिए ।
यसअघि विभागको टोलीले साविकको कर्णालीका केही दुर्गम जिल्लामा प्रेसपास वितरणदेखि अनलाईन दर्ता शिविर संचालन गरेको थियो ।
मुगुमा भोलि ८ गतेदेखि १० गतेसम्म ‘घुम्ती शिबिर’ संचालन गर्ने विभागको टोलीले जनाएको छ । आजै मुगु जाने कार्यक्रम रहेतापनि मौसम खराबीका कारण जहाज नउडेपछि सो टोली नेपालगन्जमै रहेको छ । टोली भोलि बिहान मुगुतर्फ प्रस्थान गर्नेछ ।

  • ७ मंसिर २०७८, मंगलवार २०:२९ प्रकाशित
  • Nabintech