१६ चैत्र २०८०, शुक्रबार
प्रगतिशील पत्रकार संघको राष्ट्रिय सम्मेलन दाङमा हुने
  • काँचुली खबर

नेपाल कम्युनिस्ट पार्टी (मसाल) निकट पत्रकारहरुको संगठन प्रगतिशील पत्रकार संघ, नेपालको राष्ट्रिय सम्मेलन दाङमा हुने भएको छ । संघको आज बुटवलमा बसेको केन्द्रिय समितिको बैठकले तेस्रो राष्ट्रिय सम्मेलन आगामी फागुन २७ र २८ गते दाङमा गर्ने निर्णय गरेको संघका केन्द्रिय अध्यक्ष उदय जिएमले जानकारी दिए ।
उनका अनुसार बैठकले बिधान संसोधन गर्नका लागि एउटा समिती गठन गरेको छ । त्यसैगरी, पौष मसान्तसम्म सबै जिल्ला भेला/सम्मेलन गर्ने र माघ मसान्तसम्म सबै प्रदेश सम्मेलन गर्ने निर्णय गरेको अध्यक्ष जिएमले जानकारी दिए ।

  • २ मंसिर २०७८, बिहीबार २०:१९ प्रकाशित
  • Nabintech