१३ बैशाख २०८१, बिहीबार
कांग्रेसलार्इ जोरका झट्का ओली सरकारले मध्यरातमा गर्‍यो यस्तो निर्णय
  • काँचुली खबर

काठमाडौं । सरकारले तत्कालीन शेरबहादुर देउवा सरकारले भदौ १४ गतेदेखि फागुन २ गतेसम्म गरेका सबै राजनीतिक नियुक्तिहरु खारेज गरिदिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले २०७४ भदौ १४ पछि वर्तमान सरकार गठन हुनुपूर्व विभिन्न मन्त्रालय, प्राधिकरण, संस्थान, परिषद्, बोर्ड र संगठित संस्थामा गरिएका सबै राजनीतिक नियुक्ति खारेजीको निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । २०७४ फागुन ३ गते वर्तमान सरकार गठन भएको थियो ।

ओली सरकार प्रति प्रमूख प्रतिपक्षी दल आक्रामक बन्दै गइरहेका बेला सरकारले कांग्रेस नेतृत्वको सरकारले गरेका निर्णय नै उल्टाइदिएकोे छ । बुधबार दिउँसो काग्रेसले संसद अबरूद्ध गरेको थियो । त्यस्तै कांग्रेस निकट विद्यार्थी संगठनले सरकारको बिरोधमा निशेधाज्ञा तोड्दै माइतिघर मण्डलामा प्रदर्शन गरेको थियो । त्यस लगत्तै बुधबार राति अबेर सकिएको मन्त्रिपरिषद् बैठकले देउवा सरकारको निर्णय उल्टाइ दिएको हो । ओली सरकारको यो निर्णयले नयाँ राजनीतिक तरङ्ग पैदा गर्ने संकेत देखिको छ ।

  • २१ असार २०७५, बिहीबार १०:२७ प्रकाशित
  • Nabintech