२१ बैशाख २०८१, शुक्रबार
म घर फर्किएको छु, खुशी छु : प्रशिक्षक अलमुताइरी
  • काँचुली खबर

राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् । साफ च्याम्पियनसिप पछि नेपाल नफर्कने भन्दै माल्दिभ्सबाट सिधै कतार पुगेका अलमुताइरी अखिल नेपाल फुटबल संघ एन्फासंग तीन वर्ष सम्झौता गर्ने सहमति भएपछि नेपाल आएका हुन् ।
माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाल अलमुताइरीको प्रशिक्षणमा फाइनल पुगेको थियो । पहिलो पटक साफ फाइनल पुगेको नेपाल भारतसँग ३-० ले पारजित हुँदै उपविजेता बनेको थियो ।
शनिबार बेलुका काठमाडौं आइपुगेका अलमुताइरीलाई राष्ट्रिय फुटबल टिमका म्यानेजर तथा एन्फा केन्द्रीय सदस्य मधुसुदन उपाध्यक्षलगायतले स्वागत गरेका थिए ।
अलमुताइरीले नेपाल फर्कँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् । ‘म खुशी छु किनकि म घर फर्किएको छु ।’ अलमुताइरीले विमालनस्थलमा सञ्चारकर्मीसँग भने ।
उनले पछिल्लो तीनरचार महीना गाह्रो भएको सबैले बुझेको र नेपाली फुटबल मन पराउनु नै सबैभन्दा ठूलो कुरा भएको बताए ।
अलमुताइरीले एन्फा र कतार पुटबल एसोसिएसनको धेरै आग्रह गरेपछि बफू नेपाल आउन सहमत भएको बताए ।
उनले पैसा भन्दा पनि महत्वपूर्ण कुरा नेपालीले फुटबल मन पराउनु रहेको बताए ।
सबैलाई पछिल्लो ३-४ महिनाधेरै गाह्रो छ । चार महीना नेपालीले फुटबल मन पराउँछन् त्यो सबैभन्दा महत्वपूर्ण हो पैसा भन्दा ।
यस्तै अलमुताइरीले साफ कपपछि राम्रो फिडब्याक पाएको र अब फुटबलमा केही गर्न सक्छ भन्ने भएको बताए । ‘मेरो विचारमा अब उनीहरूले फुटबल खेलाडीमा लगानी गर्नेछन् । हामी फुटबलमा केही गर्न सक्छौँ,’ उनले भने, ‘धेरै नसोच्नु । हामी विश्वकपमा छनोट हुनुपर्छ भन्दिन । स्टेप बाइ स्टेप जानुपर्छ । हाम्रो टार्गेट अर्को साफ कप हो । यस पटक हामी फाइनल पुग्यौ । अब एसिया क्वालिफायर खेल्नेछौँ ।’
उनले सन् २०२७ मा नेपाल एसिया कपमा पुग्ने पनि बताए ।
अलमुताइरी तीन वर्षको सम्झौता गर्न सहमत हुँदै नेपाल फर्किएका हुन् । ‘अहिले तीन वर्ष सम्झौता गरेका छौं । म नेपालमा खुशी छु । म नयाँ मोटिभेसनका साथ आएको छु । म केही चाहन्न । मे मेरो खेलाडी सुरक्षित होस् भन्ने चाहन्छौं । हामी नेपालको लागि लड्छौं,’ उनले अघि भने ।
यस्तै अलमुताइरीले साफ कपमा सबैले राम्रो समर्थन गरेको भन्दै सकरात्मक सोचेका लागि सबैलाई धन्यवाद दिए ।
यस्तै नयाँ युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले आफूलाई बारम्बार फोन गरेको गरेको र योजना बारे बुझ्नु भएको पनि बताए ।
एन्फाले सय दिनभन्दा लामो समय ए डिभिजन लिग आयोजना गर्न लागेको सनाउँदै यो फुटबल विकासमा राम्रो रहेको बताए ।
यस्तै उनले लिगमा विमल घर्ती मगरको खेल फलो गर्ने बताउदै विमल नेपाली फुटबलको आशा भएको पनि बताए ।

  • १४ कार्तिक २०७८, आईतवार ०७:२१ प्रकाशित
  • Nabintech