५ जेष्ठ २०८१, शनिबार
स्वर्गद्वारी साईक्लिङ क्लवको अध्यक्षमा वली चयन
  • काँचुली खबर

स्वर्गद्वारी साईक्लिङ क्लव कोहलपुरको अध्यक्षमा जनक वली चयन भएका छन । आईतबार कोहलपुरमा सम्पन्न क्लवको पहिलो साधारणसभाले वलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्नुका साथै आगामी वार्षिक कार्ययोजना समेत तर्जुमा गरेको छ ।

क्लवको उपाध्यक्षमा कमलराज शर्मा, सचिवमा अमित पाठक, कोषाध्यक्षमा देबेन्द्र के.सि. तथा सदस्यहरुमा गंगाराम भण्डारी, मोहन वलि र नवीन रेग्मी चयन भएका छन । साधारणसभाले क्लवको संरक्षकमा केशर बहादुर आले तथा सल्लाहकारहरुमा उज्ज्वल घर्ती, राम बहादुर बस्नेत, चन्द्र बहादुर आले, नेत्र थापा मगर, दिपेन्द्र बुढाथोकी र कृष्ण चौधरीलाई चयन गगरेको छ ।

साधारणसभाले आगामी विश्व मुटु दिवसका अवसरमा राष्ट्रिय स्तरको साईकल प्रतियोगिता, दुई दिने साइकल यात्रा तथा रारा साईकल यात्रा अभियान संचालन गर्ने निर्णय समेत गरेको छ ।

  • २४ आश्विन २०७८, आईतवार २०:५३ प्रकाशित
  • Nabintech