५ जेष्ठ २०८१, शनिबार
नेपाली महिला टोली ‘एसियन कप छनौट’बाट बाहिरीयो
  • काँचुली खबर

एएफसी वुमन्स एसियन कप २०२२ को छनोटमा नेपाल जितविहीन बनेको छ । उज्वेकिस्तानमा भइरहेको समूह एफ अन्तर्गतको दोस्रो खेलमा मंगलबार नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकिएको हो ।

पहिलो खेलमा फिलिपिन्ससँग २-१ गोलले पराजित भएको नेपाल समूह चरणमा जितविहीन रहँदै बाहिरियो ।

एसियन कप पुग्ने सम्भावना कायम राख्न नेपालले हङकङलाई पराजित गर्नैपर्ने थियो । पहिलो खेलमा फिलिपिन्ससँग अग्रता लिएर पनि कायम राख्न नसक्दा अन्तिममा पराजित भएको थियो ।

नेपालको महिला टिमले ३२ वर्षपछि हङकङसँग खेलेको हो । यसअघि सन् १९९९ मा एसियन च्याम्पियनसिपमै यी दुई टोली पछिल्लो पटक खेलेका थिए ।

यसअघि तीन पटक एसियन कप खेलिसकेको नेपालले पहिलो पटक छनोट खेलेको हो । दुई खेल खेलिसकेको नेपालले एक अंक मात्र जोड्न सक्यो । फिलिपिन्सको ३ अंक छ भने हङकङको एक अंक छ ।

अब फिलिपिन्स र हङकङबीच हुने समूहको अन्तिम खेलपछि समूह विजेताको टुंगो लाग्नेछ । समूह विजेता मात्र अर्को वर्ष भारतमा हुने एसियन कपमा छनोट हुनेछ ।

  • ५ आश्विन २०७८, मंगलवार १८:५६ प्रकाशित
  • Nabintech