१३ बैशाख २०८१, बिहीबार
ईण्डो नेपाल क्रिकेट प्रतियोगिताको उपाधी राजविरलाई
  • काँचुली खबर

ईण्डो नेपाल क्रिकेट प्रतियोगिता (यू–१९) को उपाधी राजविर सिंह क्रिकेट एकेडेमी लमहीले उचालेको छ । प्रतियोगिता अन्तर्गत शुक्रबार कोहलपुर क्रिकेट मैदानमा भएको फाईनल खेलमा मध्यपश्चिम क्रिकेट क्लबलाई ४५ रनले हराउँदै राजविर क्रिकेट एकेडेमीले उपाधीमाथी कब्जा जमाएको थियो ।
टस जितेर पहिले मैदानमा उत्रिएको राजविर क्रिकेट एकेडेमीले ४ विकेट गुमाउँदै १ सय ४४ रनको योगफल तयार पारेको थियो । जसकालागि दिवान पुनले ४३ रनको पारी खेलेका थिए भने अन्य खेलाडीहरुले दोहोरो अंक जोड्न सकेनन् । राजविरलाई ठुलो स्कोर बनाउन रोक्ने क्रममा मध्यपश्चिमका कप्तान अजय साहनीले ३ विकेट लिएका थिए ।
१ सय ४५ रनको लक्ष्य पछ्याएको मध्यपश्चिम ९९ रनमै समेटिपछि उपाधिमाथी राजविरले कब्जा जमाएको हो ।  मध्यपश्चिमकालागि जिसन वर्मा र शिव डाँगीले राम्रो पारी खेल्दै क्रमशः ४३ र ११ रन जोडेपनि टिमलाई हारबाट जोगाउन सकेनन् ।


प्रतियोगिताको प्लेयर अफ द फाईनलको उपाधी राजविरका खेलाडी दिवान पुनलाई प्रदान गरियो ।

यसैबिच शनिबार नै सम्पन्न यू-१६ उमेर समुहको फाईनल खेलमा मध्यपश्चिम क्रिकेट क्लब बिजयी भएको छ । भारतको गोरखपुर क्रिकेट टिमलाई ६० रनको विशाल अन्तरले पराजित गर्दै अध्यपश्चिमको टिमले उपाधी जितेको हो । टस जितेर पहिले मैदानमा उत्रिएको मध्यपश्चिमले निर्धारित २० ओभरमा १ सय ४९ रन जोडेको थियो । जसकालागि मनिष जोसीले ४६, सुमित प्रजापतीले ३१ र अनुराग वलीले ३० रन जोडेका थिए ।


१ सय ५० रनको ठुलो स्कोर भेट्टाउने क्रममा गोरखपुर मात्र १ सय ९ रनमै समेटिएको थियो । मध्यपश्चिमका बलरहरुको अगाडी गोरखपुरका खेलाडी निरिह देखिएका थिए । प्रतियोगिताको म्यान अफ द म्याच अनुराज ष्वी घोषित भए भने उदयमान खेलाडीको उपाधी मध्यपश्चिमका मौशम श्रेष्ठ र गोरखपुरका शैलेन्द्र यादवले हात पारे ।
दुबै प्रतियोगिताका बिजयी टिमलाई नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान लेख बहादुर क्षेत्रीले ट्रफी तथा मेडल प्रदान गरेका थिए ।

  • १६ असार २०७५, शनिबार १०:५३ प्रकाशित
  • Nabintech