२२ बैशाख २०८१, शनिबार
नेपालविरुद्ध खेल्न कठिन : भारतीय कप्तान क्षेत्री
  • काँचुली खबर

भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध खेल्न सधैं कठिन हुने बताएका छन् ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल अघि आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीले आफूले खेलेका धेरै खेलाडी नेपालको टिममा नरहेको बताए ।

तर नेपालको टिमबाट को खेल्दैछ भन्नेले धेरै अर्थ नराख्ने भन्दै उनले भने, ‘नेपालसँग खेल्नु सधैं कठिन छ ।’ त्यसमाथि नेपालले बाहिर खेल्नु र घरेलु मैदानमा खेल्नुमा निकै फरक हुने भएकाले भोलिको खेल कठिन हुने बताए ।

भारतीय टिमका मुख्य प्रशिक्षक इगोर स्टिमिकले पनि नेपालले पछिल्लो समय राम्रो फुटबल खेलिरहेको र डिफेन्समा सुधार आएको प्रतिक्रिया दिएका छन् ।

  • १६ भाद्र २०७८, बुधबार १२:४२ प्रकाशित
  • Nabintech