१६ चैत्र २०८०, शुक्रबार
ट्रान्सर्फमर पड्कदाँ एक घाईते २ को मृत्यु
  • काँचुली खबर

शोकमा मृतकका आफन्तहरु ।

 

बाँकेको राप्तिसोनारी गाँउपालिका-६ लक्ष्मीराजपुर गाँउमा ट्रान्सर्फमर पड्कदा दुई जनाको ज्यान गएको छ । शनिबार बिहान ३ बजे हाई भोल्टेजका कारण ट्रान्सर्फमर पड्कीएको थियो । ट्रान्सर्फमर पड्कीएपछि नजिकका घरहरुमा बढि करेन्ट प्रवाह भएको र त्यसबाट स्थानिय सुरेश चौधरी र टिकाराम चौधरीको घटनास्थलमै ज्यान गएको हो ।
घटनामा स्थानिय तिला शाही गम्भीर घाईते भएको र उनको हाल भेरी अस्पताल नेपालगन्जमा उपचार भईरहेको बाँके प्रहरी प्रमुख टेकप्रसाद तामाङले जानकारी दिए । घटनाका सामान्य घाईतेद्धय कमला बुढाथोकी र दिनेश बुढाथोकी स्थानिय मेडिकलमा उपचार पछि घर फर्किएका छन । मृतकको शव भेरी अन्चल अस्पतालमा राखिएको छ ।
तामाङका अनुसार हाई भोल्टेजका कारण ट्रान्सर्फमर पड्कीएको र तयसबाट अनियन्त्रीत करेन्ट प्रवाह भएपछि नजिकै रहेका स्थानियका साथै पशुचौपायालाई समेत क्षती पुगेको छ । एउटा राँगा,  ४ वटा सुँगुर र ३ वटा गाई समेत मरेका छन ।

वर्षैदेखि विद्युत सम्बन्धी समस्या झेल्दै आएका त्यस क्षेत्रका स्थानियहरु यस घटनासँगै थप आतङ्कीत भएका छन । अहिले सो क्षेत्रमा बिद्युत प्राधिकरणका कर्मचारी गएर अवस्था बुझिरहेका छन् । बाँकेको राप्तिसोनारी गाँउपालिका–६ का वडाध्यक्ष जनक चौधरीले पुरै गाउँमा रहेका मिटरहरु समेत जलेको बताए । उनले मृतकहरुलाई उचित क्षतपुर्ती दिनुपर्ने र यस्ता कार्य नदोहोरियोस् भन्नका लागि सचेत हुन समेत सम्बन्धित निकायलाई आग्रह गरेका छन ।
जिल्लाका नेपालगन्ज, कोहलपुर लगायतका क्षेत्रमा समेत हाई भोल्टेजले बेला बखत दुर्घटना निम्त्याउँदै आएको छ । नेपालगन्ज–१२ मुक्तिपुर समेत हाईभोल्टेजका कारण ट्रान्सर्फमरमा दिनहुँ आगो लाग्ने गरेपनि विद्युत प्राधिकरणले वास्ता नगरेको स्थानियहरुले गुनासो गर्दै आएका छन ।

  • १६ असार २०७५, शनिबार ०९:४१ प्रकाशित
  • Nabintech