२२ बैशाख २०८१, शनिबार
नेपाललाई बक्सिङमा ऐतिहासिक पदक
  • काँचुली खबर

नेपाली बक्सिङलाई जुनियर तथा युथ बक्सिङको एसियनस्तरमा ऐतिहासिक सफलता प्राप्त भएको छ ।

दुबईमा सञ्चालन भइरहेको एएसबिसी जुनियर तथा युथ ब्वाइज एण्ड गर्लस् बक्सिङ प्रतियोगितामा जुनियर ५४ किलो तौल समूहको क्वार्टरफाइनलमा जित निकाल्दै नेपालका छिरिङ वाङ्दी शेर्पाले पदक पक्का गरेका छन् ।

कुवेतका प्रतिद्वन्द्वी मोहमदलाई पराजित गर्दै नेपालका स्कुले मुक्केवाज छिरिङले तीनवटै राउण्डमा उत्कृष्ट खेल देखाउँदै ५-० ले जित हात पारेका हुन् ।

अब छिरिङले सेमिफाइनलमा काजगिस्तानका प्रतिद्वन्द्वी अडाल्बेक नियाज्बासँग प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी नेपालका दुई जना महिला मुक्केबाजहरू स्वस्तिका तिरुवाले र नारीका राईले पनि क्रमशः ५२ किलो तथा ५७ किलो तौल समूह अन्तर्गत नेपाललाई कास्य पदक पक्का गरी गरिसकेका छन् ।

नेपालका सहभागी ६ जना सहभागी मुक्केबाजहरु मध्ये हालसम्म ३ कास्य पक्का गरिसकेका छन् ।

नेपालले पदकको आशा गरेका अर्का युवा मुक्केबाज इन्द्रबहादुर सुनार इरानका खेलाडीसँग पहिलो राउण्डमा उत्कृष्ठ खेल प्रदर्शन गर्दै विजयी भएका थिए । तर उनी ‍दोस्रो र तेस्रो राउण्डमा पराजित भए ।

७१ किलो तौलमा नेपालका सुदेन गिरी आफ्नो तौलका विश्व वरियतामा अगाडि रहेका मुक्केबाजसँग आरएससीको आधारमा पराजित भए ।

  • ७ भाद्र २०७८, सोमबार १९:०९ प्रकाशित
  • Nabintech