१५ चैत्र २०८०, बिहीबार
नकरात्मक टिकाटिप्पणी गर्न आवश्यक छैन : थापा
  • काँचुली खबर

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन प्रदेश नं. ५ द्वारा शुक्रवार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले सरकार गठन भएको केही महिना भित्र सरकाले गरेका कार्यहरुले एकातिर आशा देखीएको र अर्को तर्फ केही आशंकाहरु पनि देखीएको बताए । दुई तिहाई भन्दा बढी बहुमतको सरकार भएकोले आगामी दिनमा देशमा राजिनिति स्थितरता कायम भई मुलुकको समग्र आर्थिक बिकास र नेपाली जनताको समबृद्धी तर्फ अघि बढन सक्ने आशा सरकारबाट देखीएको बताएका थिए ।

अध्यक्ष थापाले देशमा एकदली सर्वसत्ताबाद कायम भएर प्रजातन्त्र कमजोर हुने आशंका ब्यक्त गर्दै सरकारले केही समययता अबलम्बन गरेका निति तथा सत्तारुढ दलका नेताहरुको अभिब्यक्तिका कारण आर्थिक क्षेत्रमा समेत अन्यौलता र अनिश्चितताको स्थिती पैैदा भएको उल्लेख गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चिन भ्रमणले ब्यापार, रेल, बिजुली पर्यटन र पुर्वाारको सम्बन्धमा बिगतका सहमती र सम्झौतालाई निरन्तरता दिई कार्यान्वयनमा लाने प्रतिबद्धताको आफनो पार्टिले स्वागत गरेको पनि बताए । अध्यक्ष थापाले अनियन्त्रित रुपमा हुदै गैरहेको धर्म परिवर्तनले नेपालको राष्ट्रिय पहिचान संकटमा गैरहेको बताउँदै अब हिन्दु राष्ट्र चाहने र नचाहने बीच स्पष्ट ध्रुवीकरण जरुरी भएको उल्लेख गरे ।

  • १५ असार २०७५, शुक्रबार १७:२५ प्रकाशित
  • Nabintech