१६ चैत्र २०८०, शुक्रबार
लासिथ मालिंगाको कप्तानीमा मैदानमा उत्रिँदै संन्दीप
  • काँचुली खबर

अन्तर्राष्ट्रिय क्रिकेटमा विशिष्ट पहिचान बनाउँदै गएका नेपाली युवा लेगस्पिनर सन्दिप लामिछाने आज अर्को ठूलो टि-२० लिमा विश्व क्रिकेटमा दिग्गज खेलाडीहरुसँग मैदानमा उत्रिँदैछन् । क्यानडामा सुरु भएको ग्लोबल टि-२० लिगको दोस्रो खेलमा आज सन्दिपको टिम मोन्ट्रियल टाइगर्स र विनिपेग हक्सबीच खेल हुँदैछ ।

सन्दिप आज श्रीलंकाका दिग्गज फास्ट बलर लासिथ मालिंगाको कप्तानीमा मैदानमा उत्रिँदैछन् । विनिपेग हक्सको कप्तानी वेष्ट इण्डिजका स्टार अलराउण्डर ड्वेन ब्राभोले गर्नेछन् । सन्दिपको टिम मोन्ट्रियल टाइगर्समा कप्तान मालिंगासँगै अर्का स्पिनर सुलिन नारायण, वेष्ट इण्डिजका केभिन कुपर, अस्ट्रेलियाका मोइस हेनरिक्स, ड्वेन स्मिथ, सिकन्दर राजा, नजिबुल्लाह जदरान लगायतका स्टार खेलाडीहरु छन् ।

विनिपेग हक्समा कप्तान ब्राभोसँगै अस्ट्रेलियाका विष्फोटक ब्याट्सम्यान डेभिड वार्नर, डेभिड मिलर, लिन्डल सिमन्स लगायतका स्टारहरु छन् । खेल नेपाली समयअनुसार आज राती पौने २ बजे सुरु हुनेछ । नेपालमा खेल स्टार स्पोर्टस १ र स्टार स्पोर्टस १ एचडीमा लाइभ हेर्न सकिनेछ ।

  • १५ असार २०७५, शुक्रबार १५:३५ प्रकाशित
  • Nabintech