विपन्न २० परिवारलाई खाद्यान्न विरतण
  • काँचुली खबर

मेची-महाकाली बुहारी संयुक्त आवाज बाँके शाखाले २० विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

RERHY banke को सहयोगमा कोहलपुर नगरपालिका ११ शक्ति नगर र एकता नगरमा बसोबास गर्दै आईरहेका अपाङ्ग, दृष्टिबिहिन, अशक्त तथा एकल महिलाका २० घरपरिवारलाई खाद्यान्न वितरण गरीएको हो ।

कोरोनाबाट प्रभावित भएका परिवारलाई राहत वितरण गर्ने अभियान प्रदेशभरी विभिन्न चरणमा राहत वितरण गरीरहेको संस्थाले यसअघि कोहलपुरकै ८ र ११ नं. वडाका स्थानियहरुलाई राहत वितरण गरीसकेको संस्थाकी जिल्ला अध्यक्ष उर्मिला पाण्डेले जानकारी दिईन ।

मेची(महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश सहसंयोजक रेणुका खड्काको प्रमुख उपस्थितीमा मंगलबार २० घर परिवारलाई राहत स्वरुप चामल, दाल, नुन, तेल, मसला, चिनि, चियापत्ती र साबुन उपलब्ध गराईएको पाण्डेले बताई ।

राहत वितरण कार्यक्रममा संस्थाकी बाँके जिल्ला उपाध्यक्ष रामकुमारी केसी, कोषाध्यक्ष प्रेमिका शाही, सदस्य विष्णुपाण्डे तथा आजिवन सदस्यहरु माया मल्ल र तारा ऐरीको उपस्थिती रहेको थियो ।

बुहारी संयुक्त टिमद्धारा ४० परिवारलाई राहत वितरण

  • २० श्रावण २०७८, बुधबार ०८:५६ प्रकाशित
  • Nabintech