२४ मंसिर २०८०, आईतवार
बुहारी संयुक्त टिमद्धारा ४० परिवारलाई राहत वितरण
  • काँचुली खबर

मेची-महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशले पाल्पाका ४० दलित परिवारलाई खाद्यान्न वितरण गरेको छ । नेपाल आयरल्यान्ड समाजको सहायोगमा पाल्पाको बगनासकाली गाउँपालिका वडा न. ६ भुटुकेका ४० दलित घरपरिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरीएको हो ।

कोरोनाबाट प्रभावित भएका परिवारलाई राहत वितरण गर्ने अभियान अन्तर्गत मेची-महाकाली बुहारी संयुक्त आवाजले प्रदेशभरी विभिन्न चरणमा राहत वितरण गरीरहेको उक्त संस्थाको लुम्बिनी प्रदेश संयोजक लता खड्काले जानकारी दिईन ।

खड्काको अध्यक्षता तथा बगनासकाली गाउँपालिकाका कृष्ण प्रसाद बस्याल को प्रमुख आतिथ्यतामा सम्पन्न राहत वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरस्वती चिडी, गाउँपालिकाका प्रवक्ता तथा वडा न. ६ का अध्यक्ष लक्ष्मि प्रशाद अधिकारी, उद्योग बाणिज्य संघ बुटवलका कार्य समिती सदस्य जमुना पौड्याल , पाल्पा जिल्ला कार्य समितीका पदाधिकारी तथा सदस्यहरू लगाएतको उपस्थिती रहेको थियो ।

मेची-महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश सह संयोजक रेणुका खड्काले सन्चालन गरेको कार्यक्रममा संस्थाको पाल्पा जिल्ला शाखाका संयोजक शान्ता सोमैले स्वागत मन्तब्य राखेकी थिईन भने बाँके जिल्ला सहसचिव मिना चदरा (मनिषा) ले संस्थाको बारेमा जानकारी दिएकी थिईन ।

  • १७ श्रावण २०७८, आईतवार ११:३१ प्रकाशित
  • Nabintech