दाङमा पेस्तोलसहित भारतीय नागरीक पक्राउ
  • काँचुली खबर

दाङ प्रहरीले अत्याधुनिक हतियारसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । गढवागाउ पालिका १ जुरौली देउखुरीबाट भारतको सिद्धार्थनगर पञ्चायत वडा नम्बर ३ का करमुल्हाल आमिर र राजा खाँनलाई अत्याधुनिक पेस्तोल र त्यसमा लाग्ने दुईवटा म्याग्जीन र दुई राउन्ड गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई जिप्रका दाङबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुकी करिब ५ बजेतिर पक्राउ गरेको हो । उनीहरू हतियार बेच्न नेपाल आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

उनीहरूलाई पक्राउ गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको दाङ प्रहरी प्रमुख एसपी सुरेस काफ्लेले जानकारी दिएका छन् । प्रहरीले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

  • १९ श्रावण २०७८, मंगलवार १२:०८ प्रकाशित
  • Nabintech