२२ बैशाख २०८१, शनिबार
ऐतिहासिक दिनमा लिए पारसले सन्यास
  • काँचुली खबर

आजको दिन नेपाली क्रिकेटमा ऐतिहासिक दिन हो । तीन वर्षअघि आजकै दिन नेपालले ओडिआईमा पहिलो खेल जितेको थियो । उक्त खेलमा पारसले निर्णायक मोडमा निकै चतुर किसिमको प्रदर्शन गरे अनि एक रनको रोमाञ्चक जित दिलाए ।संयोगबस त्यही दिन पारेर पारसले सन्यास लिए ।

आम्सटलभिनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर २१६ रन बनाएको थियो । लक्ष्य पछ्याएको नेदरल्याण्ड्सलाई नेपालले अन्तिम बलमा २१५ रनमै अलआउट गर्दै रोमाञ्चक जित हासिल गरेको थियो । उक्त खेलमा नायक उनै पारस थिए । ब्याटिङमा ५१ रन बनाएका पारसले बलिङमा १ विकेट लिनुका साथै अन्तिम ओभरमा रनआउट समेत गरे ।

नेपालले २०१८ को मार्चमा ओडिआई स्ट्याटस पाएपछि अगष्टमा नेदरल्याण्ड्सविरुद्ध ऐतिहासिक ओडिआई सिरिज खेलेको थियो ।

अगष्ट १ मा भएको पहिलो खेलमा दुई सय भन्दा कमको लक्ष्य पूरा गर्न नसकेको नेपालले अगष्ट ३ मा भएको दोस्रो खेलमा भने लक्ष्य डिफेण्ड गर्दै डच विरुद्ध एक रनको रोमाञ्चक जित हात पारेको थियो । उक्त खेलको अन्तिम ओभर पारसले नै बलिङ गरेका थिए र ५ रन डिफेण्ड गरेका थिए । नेदरल्याण्ड्सलाई जितका लागि ६ बलमा ६ रन चाहिएको बेला पारसले ४ रन मात्र खर्चेर एक रनआउट समेत गरे ।

नेपाली क्रिकेट र पारस पर्यावाची जस्तै रह्यो । नेपाली क्रिकेट उच्चारण हुँदा सुरुमा आउने नाम पारस नै हो । पारसले एक्लै जिताउने मात्र नभएर टिमलाई नेतृत्वदायी रुपमा समेत अघि बढाए ।

पारसले धेरै खेल एक्लै जिताएका छन् । कतिमा कप्तानी भूमिका निर्वाह गरे । यसले उनको निर्णय लिन सक्ने र चुनौतीलाई सामना गर्न सक्ने भूमिकाको पनि प्रशंसा भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने पारस खड्काको घोषणा

  • १९ श्रावण २०७८, मंगलवार ११:४४ प्रकाशित
  • Nabintech