बाँकेका कोहलपुरमा नेपाल शिक्षक महासंघ कोहलपुरले रिले अनसन गरेको छ । नेपाल शिक्षक महासंघको केन्द्रिय कार्यक्रम अन्तर्गत कोहलपुरमा रिले अनसन बसेको हो ।
नेपाल शिक्षक महासंघले आफ्ना ३४ सुत्रिय माग पूरा गराउनका लागि सरकारलाई दबाब दिन रिले अनसन बसेको नेपाल शिक्षक महासंघ कोहलपुरका अध्यक्ष राम प्रसाद चापागाईले बताए । विगतमा सरकार र नेपला शिक्षक महासंघ बिच गरिएका सम्झौताहरु कार्यान्वनकालागि रिले अनसन बसिएको भन्दै केपि शर्मा ओली नेतृत्वको सरकारसँग गरिएको सम्झौताहरुलाई शेर बहादुर देउवा नेतृत्वको सरकारले पुरा गर्नुपर्ने माग सहि गत बैशाख २७ गतेदेखिको चरणबद्ध आन्दोलनका क्रममा रिले अनसन बसिएको बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नेपाल शिक्षक महासंघले शिक्षकका महत्वपुर्ण ३४ सुत्रिय माग लिएर आन्दोलनमा गएको र यसलाई निर्णायक अवस्थामा पुर्याएर मात्रै आन्दोलन बाट फिर्ता हुने बताईएको छ । मुख्य गरेर शिक्षामा बजेट बढाउनु पर्ने, राहत शिक्षक, ईसिडि शिक्षक, साविक उच्च माविका शिक्षकहरुको समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीहरुको समस्या समाधान, छिटो संघिय शिक्षा ऐन ल्याउनु पर्ने लगायत ३४ सुत्रिय माग राख्दै महासंघले चरण बद्ध आन्दोलन गरिरहेको छ ।
१५ श्रावण २०७८, शुक्रबार १५:४० प्रकाशित