नयाँ आईपीओ खुल्यो, कतिसम्म दिने आवेदन ?
  • काँचुली खबर

मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।

७ लाख ३६ हजार २८६ कित्ता अर्थात ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओका लागि प्रतिकित्ता एक सय रुपैयाँका दरले न्युनतम् १० कित्तादेखि आवेदन दिन पाइनेछ ।

कुल निष्काशन भएको सेयरमध्ये ६ लाख ८४ हजार ७४६ कित्ता सेयर खरीदका सर्वसाधारणले आवेदन दिन पाउनेछन् । बाँकी ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ ।

न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।

  • १४ श्रावण २०७८, बिहीबार १३:०० प्रकाशित
  • Nabintech