१५ चैत्र २०८०, बिहीबार
बैजनाथमा उत्कृष्ट कृषक सम्मानित
  • काँचुली खबर

बाँकेको बैजनाथ गाउँपालिकाले उत्कृष्ट कृषकहरुलाई सम्मान गरेको छ । बुधबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी कृषि क्षेत्रमा योगदान पुर्याएको भन्दै ८ जना किसानहरुलाई सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल तथा उपाध्यक्ष शारदा रेग्मी बिश्वकर्माले सम्मान पत्र सहित किसानहरुलाई सम्मान गरेका थिए ।

गाउँपालिकाले प्रत्येक वडाका एक-एक जना उत्कृष्ट किसानहरुलाई सम्मान गरेको बैजनाथ गाउँपालिका कृषि शाखाले जनाएको छ । सम्मानित हुनेहरुमा तुलसीराम थारु, लक्ष्मी कडेल, निराजन केसी, रामचन्द्र थारु, सन्तविर सुनार, हिरामणी रानामगर, कमलदैया थारु र सुमन चौधरी रहेका छ्न ।

  • ३० असार २०७८, बुधबार २२:१० प्रकाशित
  • Nabintech