१ जेष्ठ २०८१, मंगलवार
नमुना विद्यालयको ‘नमुना काम’ (फोटो फिचर)
  • काँचुली खबर

सल्यान सदरमुकाम देखि एक डेढ घण्टाको गाडी यात्रा पछि पुगिन्छ वागचौर नगरपालीकाको थारमारे वजार । उसो त सल्यानको सदरमुकाम पछि व्यापारीक, राजनितीक र शैक्षिक हिसावले प्रमुख केन्द्र पनी हो थारमारे बजार । राप्ति राजमार्गले विचबाटै चिरेर गएको भएर पनी होला आवत जावतमा सजिलो पनी छ थारमारे पुग्न ।

मैले केही दिन अघि थारमारैमै अवस्थित जनकल्यान नमुना माविका प्रअ डा. पुर्ण भण्डारीले फेशबुकमा विद्यालयकै कृषि फर्ममा फलेको स्याउको बोटको फोटो देखेको थिए । संयोगले सोही ठाँउमा पुगेको बेला उक्त फर्म हेर्न मन लागेर पुगियो त्यहाँ ।

विद्यालयको आफ्नै करीब ९० रोपनी क्षेत्रफलमा फैलिएको कृषि फर्म छ त्यहाँ । तारबार गरीएको उक्त फर्म भित्र बस्नका लागी आवासीय भवन पनी छ । जहाँ उक्त फर्ममा कार्यरत केही कामदार र विद्यालयकै प्रशिक्षक लिलमान बस्नेत लगाएत तिन परीबार बस्ने गर्दछ ।

आवस नजिकै गाई पनी छन । गाई चाही मल उत्पादनका लागी पालन गरीएको छ । फर्म बनाएको ठाँउमा रातो माटो भएकोले र उत्पादन वढाउनलाई मल चाहिने भएकोले गाई पालिएको प्रअ भण्डारीले हामीलाई सुनाउनुभयो । फर्मको माथिल्लो छेउमा माछापालन गरीएको छ । पनीको अभाव हुने ठाँउ भएपनी माछा पोखरीको लागी विद्युतिय माध्याम बिना लिप्ट गर्न सकिने प्रविधिबाट खोलाको पानी लिप्टिग गरेर पानीको व्यवस्था गरीएको छ । हेर्दे जाने हो भने यो कृषि फर्म मात्र होइन प्रयोगशाला हो । यहाँ फलफुल र तरकारीजन्य हरेक खेती गरीएको छ । अचम्मको कुरा त के छ भने चिसो र अग्लो ठाँउमा हुने किवी देखि स्याउसम्म फलाईएको छ । चिचिण्डोमा कलमी गरेर काक्रो फालाईएको छ । यस्ता थुप्रै उदाहरणहरु देख्न सकिन्छ । गमलामा स्याउदेखि, गुलाबसम्मको मनोरमता यहाँ भेटन सकिन्छ ।

प्रअ भण्डारी भन्नुहुन्छ, ‘शनिबार आफना नानी वावुहरुलाई पार्क घुमाउनुभन्दा हाम्रो फार्ममा घुमाउन ल्याउनुस । वर्तमान अवस्थामा संचार र अरु प्रविधीले मोवाईल, कम्युटर या टेलिभिजनमा मात्र देख्नुभएको धेरै चिजहरु आफनै आँखाले देख्न पाउनुहुने छ ।’ उहाँ भन्नुहुन्छ, ‘बजारबाट किनेर घरमा ल्याएको स्याउ खाईरहेको तपाई हामी जो कोहीलाई फलेकै स्याउ, अम्वा, किवी लगाएत धेरै खाले तरकारीको रुख तथा बोट हेर्न र देख्न पायौ भने हाम्रा लागी नयाँ सिकई हुन्छ । अझ बालबालिकाका लागी एउटा किताबको पाठ पढे सरह बन्न सक्छ ।’

माध्यामिक विद्यालयका कृषि विषय लिएर अध्यन गर्ने विद्यार्थीहरुको प्रयोगात्मक कक्षाकालागी सुरुमा थालनी गरीएपनी यसको क्षेत्र तथा अवधारणा विकास गरेर ठुलो क्षेत्रफलमा काम सुरु गरीएको छ । कृषि फर्ममा प्रयोगात्मक कक्षा गर्ने विद्यार्थीले आधुनिक हिसावले कृषि गर्ने तरीका मात्र होईन यसको बजारीकरण पनी देख्न र सिक्न सक्छन । फर्ममा उत्पादन गरीएका तरकारीजन्य तथा फलफुलजन्य कृषि वस्तुहरुलाई उपभोक्ताहरुले फर्ममै आएर किन्ने गरेका छन । जसले विद्यार्थीलाई उत्पादन मात्र होईन उत्पादित वस्तुको बजार बुझ्न पनी मद्धत पुगेको छ ।

  • ६ असार २०७८, आईतवार १९:३९ प्रकाशित
  • Nabintech